Section 5
अन्य नेपाल कानूनबमोजिम माल अड्डा, कोष तथा तहसील कार्यालय वा भूमि प्रशासन कार्यालयले गर्ने काम मालपोत कार्यालयले गर्ने
ः-
यो ऐन प्रारम्भ हुँदाको बखत तत्काल प्रचलित अन्य नेपाल कानूनबमोजिम माल अड्डा, कोष तथा तहसील कार्यालय वा भूमि प्रशासन कार्यालयले गर्ने काम यो ऐन प्रारम्भ भएपछि दफा ४ को अधीनमा रही मालपोत कार्यालयले गर्नेछ र माल अड्डाको हाकिम, कोष तथा तहसील कार्यालयको प्रमुख वा भूमि प्रशासकले गर्ने काम मालपोत कार्यालयको प्रमुखले गर्नेछ र ती कानूनमा त्यस्तो कार्यालय वा अधिकारीको उल्लेख भएको ठाउँमा मालपोत कार्यालय वा मालपोत कार्यालयको प्रमुखको उल्लेख भएको सम्झिनेछ ।